दफा ७
आय टिकट नटाँसेको कागजपत्रलाई कानूनी मान्यता नहुने
(१) यस ऐनबमोजिम आय टिकट दस्तूर लाग्ने कागजपत्रमा आय टिकट टाँसिएको रहेनछ भने त्यस्तो कागजपत्रलाई कानूनी मान्यता दिइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आय टिकट नटाँसी वा अनुसूचीमा लेखिएको दरमा घटी पारी आय टिकट टाँसेको रहेछ भने त्यस्तो व्यक्तिबाट आय टिकट नै नटाँसेकोमा टाँस्नु पर्ने जतिको पाँच दोब्बर र घटी पारी आय टिकट टाँसेकोमा घटी भए जतिको पाँच दोब्बर आय टिकट टाँस्न लगाई वा त्यति दस्तूरको रकम बुझी लिई त्यस्तो कागजपत्रलाई कानूनी मान्यता दिन सकिनेछ ।